रास्वपाका पारशमणि गेलालले मन्त्रालयमा कार्यरत कर्मचारी र उद्योगमा काम गर्ने कर्मचारीबिच विभेद गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
उदयपुर-१ बाट निर्वाचित सांसद गेलालले आज सामाजिक सञ्जालमार्फत उक्त असन्तुष्टि व्यक्त गरेका हुन्। उनले उदयपुर सिमेन्ट उद्योगमा काम गर्ने कर्मचारीहरूले १३ महिनादेखि तलब नपाएको बताए। उनले मन्त्रालय अन्तर्गतका कर्मचारीहरूले नियमित तलब पाइरहँदा यस उद्योगका कर्मचारीले १३ महिनादेखि पारिश्रमिक नपाएकाले परिवार कसरी पाल्ने भन्दै प्रश्न गरे।
'उदयपुर सिमेन्ट उद्योगमा काम गर्ने कर्मचारी र मन्त्रालयमा काम गर्ने कर्मचारीमा किन विभेद सरकार? १३ महिनादेखि तलब नपाउँदा परिवार कसरी पाल्नु? कि मानवता हुन्न?' उनले भने, 'तलब देउ सरकार!'
प्रकाशित: १८ वैशाख २०८३ ११:४३ शुक्रबार