राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको जिम्मेवारी के हो भन्ने नबुझ्ने युवाहरू कसरी सचेत नागरिक बन्न सक्छन् भन्दै प्रश्न गरेका छन्।
उनले व्यक्ति पूजा र अन्धभक्तिको प्रवृत्तिले नै इतिहासमा भदौ २३–२४ जस्ता घटना जन्माएका बताउँदै उक्त प्रश्न गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेख्दै भने, 'प्रधानमन्त्रीको जिम्मेवारी नै के हो भन्ने नबुझ्ने युवाहरू कसरी सचेत नागरिक बन्न सक्छन्? व्यक्ति पूजा र अन्धभक्तिको प्रवृत्तिले नै इतिहासमा भदौ २३–२४ जस्ता घटना जन्माएका हुन्।'
संसद् कमजोर भयो भने प्रजातन्त्र कमजोर हुने र प्रजातन्त्र कमजोर भयो भने जनताको आवाज कमजोर हुने उनको भनाइ छ। यस्तै, जनताको आवाज कमजोर भयो भने विकास र सुशासन कमजोर हुने बताए।
'संसद् कमजोर भयो भने प्रजातन्त्र कमजोर हुन्छ, र प्रजातन्त्र कमजोर भयो भने जनताको आवाज कमजोर हुन्छ। जनताको आवाज कमजोर भयो भने विकास कमजोर हुन्छ। सुशासन कमजोर हुन्छ,' उनले भने।
प्रकाशित: १ जेष्ठ २०८३ ०८:२३ शुक्रबार