राजनीति

ओली सरकारको तारिफ गर्दै महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको तारिफ गरेका छन्।

एमाले पार्टी अध्यक्ष ओलीको नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा महासचिव पोखरेलले तारिफ गरेका हुन्। उनले यो एक वर्षमा ओरालो यात्रा रोकिएको र सुधारका सुस्पष्ट परिणाम देखिँदै आएको बताए।

उनले लेखेका छन्, 'पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ। यो एक वर्षमा ओरालो यात्रा रोकिएको छ र सुधारका सुस्पष्ट परिणाम देखिँदै छन्।'

यसअघि प्रधानमन्त्री ओलीले सरकार गठन भएको एक वर्षमा देशका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका थिए। उनले राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताउँदै यसअघि समयसीमा (टाइमलाइन) तोकेर काम गर्ने प्रचलन नरहेकोमा अहिले त्यसको सुरुवात भएको जिकिर गरेका छन्।

प्रकाशित: ३० असार २०८२ १०:०७ सोमबार

#KP Sharma Oli #NepaliNews #Nagariknews