राजनीति

कतार चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलद्वारा पर्यटन मन्त्रीसँग भेटवार्ता

कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको व्यवसायी प्रतिनिधिमण्डलले पर्यटन मन्त्री अनिल कुमार सिंन्हसँग भेटवार्ता गरेको छ। 

कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका बोर्ड सदस्य मोहद अहमद एम ए अलोबैद्लीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको छलफलमा नेपालको पर्यटन क्षेत्रका सम्भावना, लगानी अवसर, साथै हवाई सेवा र उड्डयन क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल गरिएको छ । 

भेटका क्रममा दुवै पक्षले नेपाल–कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिएका छन्। निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउँदै पर्यटन तथा उड्डयन क्षेत्रमा संयुक्त लगानी र साझेदारीका सम्भावनाबारे पनि छलफल भएको  छ। 

कतारी टोली नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको निमन्त्रणामा नेपाल आएको हो । 

प्रकाशित: २६ माघ २०८२ १२:०२ सोमबार