राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बलात्कारका सबै घटनालाई एउटै प्रकृतिको अपराधका रूपमा हेर्न नहुने बताएकी छन्।
उनले घटनाको प्रकृति र गम्भीरताका आधारमा सजायको वर्गीकरण गर्नुपर्ने भनाइ राखिन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै तामाङले श्रीमतीले श्रीमानमाथि लगाएको बलात्कारको आरोप र तीन वर्षीया बालिकामाथि भएको बलात्कारलाई एउटै तराजुमा राखेर हेर्न नमिल्ने बताइन्।
उनले भनिन्, ‘श्रीमतीले श्रीमानलाई लगाएको बलात्कारको आरोप र तीन वर्षकी बालिकामाथि भएको बलात्कार कहिल्यै एउटै तराजुमा राखेर जोख्न मिल्दैन।’
उनले बलात्कारका घटनाको प्रकृति, पीडितको अवस्था र अपराधको क्रूरताका आधारमा कानुनले सजाय निर्धारण गर्न सक्ने व्यवस्था आवश्यक रहेको जिकिर गरिन्। 'बलात्कारको प्रकार हेरेर वर्गीकरण गरी कानुनले सजाय छुट्याउनु सक्नुपर्दछ र तत्काल कानुन संशोधन प्रक्रियामा अघि बढ्नुपर्दछ,' उनले भनिन्।
प्रकाशित: ९ भाद्र २०८३ ०९:१० मंगलबार