राजनीति

प्रदेश सरकारको सहकार्य स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्छ : संयोजक दाहाल

फाइल तस्बिर

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताएका छन्।

धुलिखेलमा आज आयोजित एकता बैठक तथा शपथ ग्रहण समारोहमा उनले प्रदेश सरकारको सहकार्यलाई सरकार सञ्चालनमा मात्र सीमित नराखी राजनीतिक तथा वैचारिक रूपमा थप सुदृढ गर्नुपर्नेमा जोड दिए।

‘यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ’, उनले भने। 

उनले बदलिँदो राजनीतिक परिस्थितिअनुसार संगठन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए। सूचना प्रविधिको प्रयोगमार्फत पार्टीको विचार र संगठन विस्तार गर्न सकिने उल्लेख गर्दै उनले उपलब्ध जनशक्ति, संगठन र क्षमताको प्रभावकारी उपयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित: १७ आश्विन २०८३ १९:५० शनिबार