जनता समाजवादी पार्टी बाराले कलैयामा विवादास्पद भूमि विधेयकको विरुद्धमा प्रदर्शन गरेका छन् ।
‘भूमि विधेयक खारेज गर’, ‘किसान विरोधी नीति बन्द गर’ जस्ता नारा लगाउँदै जसपाको नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन।
प्रदर्शनपछि भएको कोणसभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य रामबाबुप्रसाद यादवले विधेयक संघीयताको मर्म विपरीत रहेकोले त्यसलाई सरकारले फिर्ता लिनु पर्ने बताए।
भूमि सम्बन्धी निर्णयमा स्थानीय तह र प्रदेश सरकारको अधिकारलाई हरण गरेर केन्द्रले नियन्त्रण गर्न खोज्नुले त्यसलाई कुनै पनि हाल्तमा स्वीकार गर्न नसकिने यादवले बताए।
विशेषगरी जग्गा स्वामित्वमा लगाइने सीमा, भूमिहीनलाई वितरण गर्ने प्रक्रियामा हुने भ्रष्टाचार र प्रदेश–स्थानीय तहको अधिकार कटौती गर्ने प्रावधान प्रति जसपा नेपालले गम्भीर आपत्ति रहेको यादवले बताए ।
जसपा नेपालका जिल्ला अध्यक्ष रमेश यादवले भूमि विधेयक किसान र साना भू–स्वामीलाई विस्थापित गर्ने खालको भएको आरोप लगाए।
प्रकाशित: १८ भाद्र २०८२ १९:४७ बुधबार