राजनीति

मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बहादुरसिंह लामा।

बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दल, बागमती प्रदेशका नेता बहादुर सिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

अविश्वास पैदा भएको भन्दै कांग्रेस सांसदहरूले नै मुख्यमन्त्री लामाविरुद्ध संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा २१ सांसदहरूले हस्ताक्षर गरेका छन्। जसमा चार मन्त्रीसमेत छन्। उनीहरूले केही समयअघि मात्रै पदबाट राजीनामा दिएका थिए।

अविश्वास प्रस्तावको नेतृत्व इन्द्र बानियाँले गरेका छन्। लामालाई पार्टीको संसदीय दलको नेताबाट हटाउनका लागि उनले प्रस्ताव दर्ता गरिएको बताएका छन्। 

मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो। बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन्। 

प्रकाशित: ९ श्रावण २०८२ १७:३२ शुक्रबार

BahadurSingLama NagarikNews