राजनीति

महासभामा भाग लिन प्रधानमन्त्री शाह आज अमेरिका जाँदै

फाइल तस्बिर

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन आज मंगलबार अपराह्न संयुक्तराज्य अमेरिकातर्फ प्रस्थान गर्ने भएका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित अमेरिका जाने कार्यक्रम छ। उनले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन्।

यसअघि महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली आइतबार न्युयोर्क प्रस्थान गरिसकेको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन्।

साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।

प्रकाशित: ६ आश्विन २०८३ ०६:३० मंगलबार