राजनीति

प्रधानमन्त्री शाह आज मुस्ताङ जाँदै

प्रधानमन्त्री बालेन्द्र शाह आज (शुक्रबार) मुस्ताङ जाने भएका छन्।

प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने भएका हुन्।

प्रधानमन्त्रीसँग उनका केही सल्लाहकार र सहयोगीसमेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ। यद्यपि, उनी कतिबेला त्यसतर्फ प्रस्थान गर्ने भन्नेबारे जानकारी दिइएको छैन।

प्रधानमन्त्री शाहको मुस्ताङको कार्यक्रमबारे पनि केही बताइएको छैन।

प्रकाशित: ५ भाद्र २०८३ ०६:५२ शुक्रबार