निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री बालेन्द्र शाह शनिबार दिउँसो म्याग्दीको रुप्से झरना हुँदै मुस्ताङ सदरमुकाम जोमसोमतर्फ अघि बढेका छन्।
म्याग्दीको तातोपानीस्थित होटेल ‘न्याचुरल स्प्रिङ’ मा करिब एक घण्टाको विश्रामपछि प्रधानमन्त्री बालेन सुरक्षाकर्मीको अगुवा-पछुवा गाडीसहित जोमसोमतर्फ प्रस्थान गरेका हुन्।
प्रकाशित: ६ भाद्र २०८३ १५:१८ शनिबार



