प्रधानमन्त्री बालेन शाहले गलत काम गर्ने कोही पनि उम्किन नसक्ने भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले सही समय आएपछि सबैको खराब दिन सुरु हुने बताएका हुन्।
प्रधानमन्त्री शाहले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’
प्रधानमन्त्रीले चेतावनी कसलाई लक्षित गरेर दिएको हो भन्नेबारे भने खुलाएका छैनन्।
प्रकाशित: १५ कार्तिक २०८३ १९:१८ आइतबार