राजनीति

अन्य पार्टीलाई प्रधानमन्त्रीको जवाफः हाम्रो गाडी लोकल चल्दैन, एक्प्रेस हो

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको गाडी लोकल नभएर एक्प्रेस भएको बताएका छन्।

रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ नेता शाहले शुभकामना दिन आएका विभिन्न दलका नेताहरुलाई शुभेच्छाका लागि धन्यवाद दिँदै पार्टी र सरकारबारे धेरै चिन्ता नलिन आग्रह गरे।  

उनले भने 'हामी लोकल गाडी हैन, दायाँ र बायाँबाट के आयो भनेर हेर्ने । हामी एक्सप्रेस हौं, गन्तव्यमा पुगेरमात्र रोकिन्छ।'

प्रकाशित: ७ असार २०८३ १७:४३ आइतबार