राजनीति

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार, खोज तथा राहतका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

विपद्को यस क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा जुट्न उनले आग्रह गरेका प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

प्रकाशित: १० भाद्र २०८३ १२:२२ बुधबार