प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति सुव्यवस्था खलबलाउन तमाम शक्ति लागेको बताएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘भड्काउने मानिसहरू थुप्रै छन्। देशमा शान्ति सुव्यवस्था खलबलियोस् भन्ने, देशलाई प्रतिगमनतिर लैजाने,’ प्रधानमन्त्री ओलीले भने, ‘राजतन्त्रतर्फ लैजाने, राजतन्त्र भन्नुस् वा राणातन्त्रको भन्नुस्। मौका पाउँदा उस्तै उस्तै हुन्।’
राणाहरूले मौका पाउँदा जे गरे राजाहरूले मौका पाउँदा पनि त्यही गरेको उनले बताए। उनले भने, ‘राजाहरूले पनि मौका पाउँदा गरेकै हुन्। ०१७ साल लगाएकै हुन्। र ०५८ सालका दरबार हत्याकाण्ड भए, त्यसपछिका घटनाक्रमहरू, जनताका अधिकार खोसेर, नेतालाई थुनेर, मुद्दा लगाएर, निर्वाचित प्रधानमन्त्रीलाई हटाएर, ०१७ सालका जस्तैजस्तै घोषणा, क्रियाकलाप गरेको हामीले देखेका छौँ। त्यस्तै अँध्यारा दिन फर्काउन लागेका छन्।’
प्रकाशित: ३० श्रावण २०८२ १५:२८ शुक्रबार