नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री सुशीला कार्कीसँग सत्तालाई मजाकको विषय नबनाउन अनुरोध गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले यस्तो अनुरोध गरेका छन्।
तेस्रो चरणमा विस्तार हुँदा पनि सरकारले पूर्णता पाउन सकेको छैन। अर्कातिर मन्त्रीका लागि विवादित व्यक्तिहरूको नाम चर्चामा आइरहेको बेला उनले यस्तो बताएका हुन्।
एक्समा उनले लेखेका छन्, ‘प्रधानमन्त्री सुशीला कार्कीज्यू, राजनीतिक सत्ता (सरकार) लाई हँसीमजाकको विषय हुनबाट जोगाउनुहोस्!’
प्रकाशित: १० कार्तिक २०८२ ०९:०५ सोमबार