राजनीति

सेनाको विमानबाट प्रधानमन्त्री ओली भारत जाने

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा नेपाली सेनाको विमान प्रयोग गर्ने भएका छन्। नेपाली सेनाको यस विमानको लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया सुरु गरिएको छ।

ओलीसहितको प्रतिनिधिमण्डलले सेनाको विमानमा काठमाडौंबाट भारतको बोधगया जाने छन्। 

प्रधानमन्त्री बनेको १४ महिनापछि ‌ओलीले भदौ ३१ गते भारतको दुई दिने भ्रमण गर्ने छन्। त्यस क्रममा दुई मुलुकका कार्यकारी प्रमुखबीच बोधगयामा भेटवार्ता हुने भएको हो।

ओलीको भ्रमण कार्यतालिकाबारे छलफल गर्न भारतीय विदेश सचिव बिक्रम मिश्री आज (आइतबार) नेपाल आएका छन्। उनले भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेको बताइएको छ।

प्रकाशित: १ भाद्र २०८२ १२:०५ आइतबार