राजनीति

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणमा उठाइने एजेण्डा र नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ। 

प्रधानमन्त्रीले आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकलाई पनि सम्बोधन गर्दै छन्।

प्रकाशित: १३ भाद्र २०८२ १०:०६ शुक्रबार