राजनीति

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्।

आज मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन्।

राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

प्रकाशित: २३ आश्विन २०८२ १७:५८ बिहीबार