राजनीति

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगिन प्रधानमन्त्री कार्की

प्रधामन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेकी छन् ।  

मन्त्रिपरिषदको बैठक सकिएपछि प्रधानमन्त्री कार्की शीतलनिवासमा गएकी हुन् ।  

जेन-जी आन्दोलनको एक महिना पुगेको अवसरमा जेन-जी समूहले गरेको कार्यक्रम, जेन-जी र जेन-जी शहीद परिवारको खबरदारीलगायतका विषय पेचिलो बन्दै आएपछि प्रधानमन्त्रीले राष्ट्रपति भेट्न पुगेकी हुन् ।

आज मन्त्रिपरिषदमा विपद र उत्पन्न परिस्थितिबारे छलफल भएको थियो ।  

राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै सरकारका कामका विषयमा छलफल हुनेछ ।

प्रकाशित: २३ आश्विन २०८२ १७:२७ बिहीबार