राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले चुनावमा जनतासँग गरेको वाचा पूरा गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई अपिल गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन्। उनले प्रधानमन्त्री शाहको गरिबले निःशुल्क उपचार पाउने एजेन्डा हो भने सरकारी अस्पतालमा आज यत्रो लामो लाइन किन? भन्दै प्रश्न गरे।
'सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू, गरिबले निःशुल्क उपचार पाउने एजेन्डा हो भने सरकारी अस्पतालमा आज यत्रो लामो लाइन किन? उनले भने, 'प्रधानमन्त्रीज्यू, मेरो अपिल छ- चुनावमा जनतासँग गर्नुभएको वाचा पूरा गर्नुहोस्।'
शाहीले आज एउटा गरिब नागरिकले एक महिना कुर्दासम्म पनि सरकारी अस्पतालमा उपचार नपाउने अवस्था रहेको बताए। उनले सरकारी अस्पतालको लाइन घटाउने हो भने निजी अस्पतालमा गरिब जनताले पाउँदै आएको स्वास्थ्य बिमाको सुविधा कटौती अन्त्य गर्न सुझाव दिए।
यस्तै, उनले यो काम गर्न ३५ वर्ष नभइ एउटा नीतिगत निर्णय काफी रहेको बताउँदै एक महिनामै सुधारको सुरुवात गर्न आग्रह गरे।
प्रकाशित: २६ भाद्र २०८३ ११:३६ शुक्रबार