प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धित अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै बिहीबारको प्रतिनिधि सभामा विरोध जनाएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले २०८३ जेठ १७ गते प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्ने माग राखेका हुन्।
‘हाम्रो माग एउटै छ, २०८३ साल जेठ १७ गते प्रधानमन्त्रीज्यूले बोलेको कुरालाई संसदको रेकर्डबाट हटाइनुपर्छ र प्रधानमन्त्रीज्यूले संसदमा आएर आफ्नो बोली सच्याउनुपर्छ,’ साम्पाङले भने।
संसदको नियमावलीलाई बेवास्ता गरिएको भन्दै उनले सदनलाई नियम र प्रक्रियाअनुसार मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने बताए। ‘सबै नियमहरूको परिपालन गरेर सदनलाई मर्यादित ढंगबाट सञ्चालन गरिनुपर्छ,’ उनले भने।
प्रकाशित: २८ जेष्ठ २०८३ १२:०६ बिहीबार