प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार आएपछि एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएको दाबी गरेका छन्।
उनले लेखेका छन्, ‘हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौं।’
उनले जारी गरेका सकारात्मक सूचकहरूमा निर्माण, उद्योग, विद्युत तथा ग्यास, प्रशासनिक सेवा, सूचना प्रविधि, व्यापार, शिक्षा, स्वास्थ्य सेवा, खानी, यातायात, बैंक तथा बीमा, औद्योगिक उत्पादन, घर जग्गा, कृषि तथा वन, वैज्ञानिक सेवा, र आवास तथा भोजन क्षेत्र समेटिएका छन्।
प्रकाशित: २८ असार २०८२ १३:१५ शनिबार