प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार जानलागेको चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् । शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी दिएका हुन्।
यसअघि शुक्रबार बिहानै बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको थियो।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेको हो ।
भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता तय भएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।
प्रकाशित: १३ भाद्र २०८२ १४:२७ शुक्रबार