राजनीति

सिंहदरबारमा प्रधानमन्त्री र पूर्वराष्ट्रपतिको भेट

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।  

प्रधानमन्त्रीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार पुगेकी थिइन । भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

प्रधानमन्त्रीले आगामी निर्वाचन र निर्वाचनको तयारीमा लागेको सरकारका कामका बारेमा पूर्वराष्ट्रपतिलाई जानकारी गराएकी छन् ।  

त्यस्तै जेन-जी आन्दोलन, आन्दोलनका शहीद परिवारको माग, घाइतेको माग र माग सुनुवाइका क्रममा सरकारले गरेको कामका विषयमा पनि पूर्वराष्ट्रपतिलाई जानकारी गराएको सचिवालयले जनाएको छ ।  

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँगको भेटपछि सिंहदरबारको अवलोकन गरेकी छन् ।

प्रकाशित: २१ मंसिर २०८२ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App