राजनीति

संखुवासभामा राष्ट्रपति, मादी माविको हीरक स्तम्भ अनावरण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेल संखुवासभा पुगेका छन् । राष्ट्रपति मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन संखुवासभा पुगेका हुन् ।  

२००७ सालमा स्थापना भएको यो विद्यालयले पूर्वी नेपालको शैक्षिक उन्ननयमा अतुलनीय योगदान पुर्‍याएको छ ।  

राष्ट्रपति  पौडेल संखुवासभा पुग्दा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, विद्यालयका प्रधानाध्यापक विश्वनाथ सुवेदी लगायतले स्वागत गरेका थिए ।  

राष्ट्रपति पौडेलले विद्यालय परिसरमा निर्मित ‘हीरक स्तम्भ’ र ‘सरस्वतीको मूर्ति’ अनावरण गर्ने कार्यक्रम छ । विशेष समारोह अहिले पनि जारी छ । 

प्रकाशित: १२ भाद्र २०८२ १५:११ बिहीबार