राजनीति

राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत  १० बजेर २६ मिनेटमा गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।

प्रकाशित: ४ कार्तिक २०८३ १२:३० बुधबार