राजनीति

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका हुन्। 

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए। 

प्रकाशित: १८ कार्तिक २०८३ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App