राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुख व्यक्त गर्दै स्वर्गीय गुरुङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गरेका छन्।
राष्ट्रपति पौडेलले आज शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङले लोकतन्त्र स्थापना र पुनर्स्थापनामा पुर्याएको महत्त्वपूर्ण योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन्। राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएअनुसार गुरुङको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो।
राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलनका बेला गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गरेका छन्।
राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। सचिवालयले जनाएअनुसार चितवन नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए।
प्रकाशित: १० श्रावण २०८२ १४:०५ शनिबार