सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आज सोमबार भारत भ्रमणमा जाने भएका छन्।
पार्टीका केही नेतासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लामिछाने दिल्ली जान लागेका हुन्। सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरासहितको टोली नयाँ दिल्ली जानेछन्।
भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरूका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसहित सरकारी अधिकारीसँग पनि भेट्ने निकट स्रोतको दाबी छ।
प्रकाशित: १८ जेष्ठ २०८३ ०६:३९ सोमबार