राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई बुधबार पार्टीको अभिमुखीकरण कार्यक्रममा उपस्थित गराउने बताएका छन्।
अभिमुखीकरण उद्घाटनपछि अर्यालले कार्यव्यस्तताको कारण आज (मंगलबार) सभापति लामिछाने र वरिष्ठ नेता बालेन कार्यक्रममा उपस्थित हुन नसकेको भन्दै भोलि समापनअघि सम्भव भएसम्म ल्याउने प्रयास गर्ने बताए।
‘उहाँहरूलाई सम्भव भएसम्म भोलि कार्यक्रम समापन हुनुअघि उपस्थित गराउँछौँ। दुवै जनाको स्वास्थ्य स्थिति र कार्यव्यस्तताको कारणले उहाँहरू उद्घाटन सत्रमा आउनु सक्नुभएको छैन।’, उनले भने।
प्रकाशित: ३ चैत्र २०८२ १३:०३ मंगलबार



