राजनीति

राष्ट्रपतिद्वारा च्याम्पियन लुम्बिनीलाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन्।

उनले आज सामाजिक सञ्जाल मार्फत विजेता लगायत सबैलाई बधाई दिएका हुन्।

राष्ट्रपति पौडेलले भनेका छन्, ‘खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ। साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद छ।’

प्रकाशित: २७ मंसिर २०८२ २१:०७ शनिबार