राजनीति

कोशीमा दलित सम्बन्धी ऐन बनाउने तयारी

कोशी प्रदेशमा दलित अधिकार सुव्यवस्थित गर्न ऐन बनाउने प्रक्रिया अघि बढेको छ । शुक्रबारको मन्त्रिपरिषद्को बैठकले दलित अधिकार सम्बन्धी विधेयक निर्माणलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेसँगै दलित अधिकार ऐन बनाउने प्रक्रिया अघि बढेको हो ।  

सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले मन्त्रिपरिषद्को स्वीकृति पछि अब, सामाजिक विकास मन्त्रालयमार्फत विधेयकको मस्यौदा तयार भई पुनः मन्त्रिपरिषदबाट स्वीकृत भई प्रदेशसभामा पेश हुने बताए ।  

पर्यटन वर्ष २०८२ लाई अघि बढाउन पर्यटन प्रवर्द्धन कार्यविधी २०८२ स्वीकृत गर्ने निर्णय गरेको भण्डारीले जानकारी दिए  । यस्तै कोशी प्रदेशबाट सरुवा भएकी मुख्य सचिव चन्द्रकला पौडेललाई धन्यवादसहित बिदाई गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

 

प्रकाशित: १२ मंसिर २०८२ १९:४५ शुक्रबार