राजनीति

प्रेम आले कैलाली–५ बाट बने नेकपाको उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आलेलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

अघिल्लो निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट डोटीबाट निर्वाचित भएका आले यसपटक भने नेकपाबाट कैलाली–५ मा चुनाव लड्ने भएका हुन्। नेकपाका एक केन्द्रीय सदस्यका अनुसार उक्त क्षेत्रमा आलेको उम्मेदवारी पक्का भइसकेको छ।

यसअघि नेकपाले कैलाली–४ बाट हरि चौधरी ‘उत्सव’, ३ बाट विरमान चौधरी र २ बाट राजेन्द्र साउनको टिकट टुंग्याइसकेको छ। कैलाली–१ का विषयमा भने पार्टीभित्र छलफल जारी रहेको जनाइएको छ।

 

प्रकाशित: ३ माघ २०८२ १८:०४ शनिबार