राजनीति

गेटा अस्पताललाई ३०० बेडमा सञ्चालन गर्न प्रदीप पौडेलको सुझाव

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गेटा अस्पताललाई  कम्तीमा ३०० बेडको क्षमतामा सञ्चालन गर्नुपर्ने बताएका छन। 

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले विश्वविद्यालय सञ्चालनको पहिलो सर्त नै पर्याप्त क्षमताको शिक्षण अस्पताल भएको बताउँदै प्रदेश सरकारले यसअघि सेती प्रादेशिक अस्पताललाई विश्वविद्यालयसँग गाभ्ने निर्णय फिर्ता लिएपछि गेटा अस्पताललाई नै आवश्यक पूर्वाधारसहित विकास गर्नुपर्ने आवश्यकता बढेको बताएका छन्। 

आफु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहँदा गेटा अस्पताललाई विश्वविद्यालयका रूपमा सञ्चालन गर्ने तथा एमबीबीएस पठनपाठन सुरु गर्ने उद्देश्यले आर्थिक वर्ष २०८२।८३ को बजेटमार्फत स्रोत सुनिश्चित गरिएको समेत उनको भनाई छ।  

उनले गेटा अस्पताललाई तत्काल ३०० बेडको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा ल्याउन सके मात्र दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको औचित्य पुष्टि हुने र एमबीबीएस पठनपाठन सुरु गर्ने सहज हुने बताएका छन्।  

 

 

 

प्रकाशित: १० श्रावण २०८३ १६:२८ आइतबार