राजनीति

सङ्ख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

फाइल तस्बिर

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले संसद्को नियमावलीमार्फत संविधान संशोधन गर्न नमिल्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत ज्ञवालीले यस्तो बताएका हुन्। उनले संविधान संशोधनको विषयमा आफूहरूले यसअघि नै संसद् नियमावलीमार्फत संविधान संशोधन गर्न नमिल्ने बताए। उनले सङ्ख्याको दम्भमा संविधानमा छेडखानी गर्ने प्रयास गरिएको आरोप समेत लगाएका छन्।

'भनेकै थियौँ- संसद् नियमावली मार्फत संविधान संशोधन गर्न मिल्दैन। तर सङ्ख्याको दम्भमा संविधानमा छेँडखानी गर्न खोज्नु भयो,' उनले लेखेका छन्।  

ज्ञवालीले संविधान गतिशील दस्ताबेज भएकाले संशोधन गर्न नसकिने दस्ताबेज नभएको पनि बताएका छन्। तर लामो सङ्घर्ष र बलिदान तथा दुई–दुई वटा संविधानसभाबाट निकै कठिनाइका साथ निर्माण भएको संविधानलाई लहडका भरमा संशोधन गर्न नहुने उनको भनाइ छ।

'संविधान गतिशील दस्ताबेज हो, यो असंशोधनीय छैन। तर लामो सङ्घर्ष र बलिदान तथा दुई–दुई संविधानसभाबाट निकै कठिनाइसाथ निर्मित संविधान लहडका भरमा भने संशोधन हुन सक्दैन,' ज्ञवालीले लेखेका छन्।

प्रकाशित: १ आश्विन २०८३ १३:२३ बिहीबार