नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालको भ्रममा नपर्न आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
‘सोसियल मिडिया हे¥यो भने सहर बजारका मान्छेको होहल्ला हे¥यो भने त पूरै विचारविहीन, इतिहास विहीन, त्याग तपस्या र निष्ठाविहीनले पूरै कब्जा गरिसके नेपाल भन्याजस्तो होहल्ला छ। पार्टीहरू त सिद्धिइसके,’ प्रचण्डले भने, ‘जसले दशकौँ त्याग, तपस्या, निष्ठाका कीर्तिमान कायम गरेकाहरू बदमास, यिनको काम छैन अब भन्या जस्तो।’
सोसियल मिडियामा होहल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन भन्याजस्तो गरी होहल्ला भइरहेको पनि उनले बताए। उनले अगाडि भने, ‘मोबाइल हेर्नेहरूको हात हातमा त्यस्तो हो कि भन्ने भ्रम पर्छ। तर जनता त्यस्तो भ्रममा छैनन्।’
प्रकाशित: १५ पुस २०८२ १५:४९ मंगलबार