राजनीति

आन्तरिक असन्तुष्टि दबाउँदै अघि बढे प्रचण्ड-माधव

आठ दलबिच पार्टी एकताको सहमति, महाधिवेशनको झन्झट ६ महिना दूर

आन्तरिक विवादलाई दबाउँदै/नजरअन्दाज गर्दै नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अघि बढेका छन्। पार्टी एकताका विषयमा आफ्नै पार्टीभित्रका असन्तुष्टि, फरक मत र विवादलाई दुवै नेताले आठ वाम घटकसहित पार्टी एकता गर्ने निर्णयमा पुगेका छन्। 

दुवै नेताको मत मिलेपछि आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबिच पार्टी एकताका लागि सहमति पत्रमा हस्ताक्षर नै भएको छ। 

सात दल बिच एकता सहमति पत्र

प्रकाशित: १६ कार्तिक २०८२ २०:०४ आइतबार