राजनीति

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन्।

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी आज (शुक्रबार) बिहान मस्को प्रस्थान गरेका हुन्।

प्रचण्डसँग उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्।

उक्त सम्मेलनमा विभिन्न देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ ०८:४८ शुक्रबार