आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको संविधान र राजनीतिक व्यवस्था गलत रहेको टिप्पणी गर्दै खारेज गरेर जेन–जीका माग पूरा गर्नुपर्ने बताएका छन्। काठमाडौंमा जारी पार्टीको बैठकमा बोल्दै साहले यस्तो बताएका हुन्।
‘संविधान र व्यवस्था गलत थियो, यही व्यवस्था कायम राखेर जेन–जीका माग सम्बोधन हुँदैन,’ साहले भने, ‘यो संविधान खारेज गरेर भए पनि जेनजीहरूको माग सम्बोधन गर्नुपर्छ।’
यही संविधान र व्यवस्थाले ‘मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, लुट बढेको दाबी गर्दै त्यही भएकाले जेन–जीले आन्दोलन गर्नुपरेको दाबी गरे। उनले भने, ‘भ्रष्टाचार अन्त्य गर्न दलाल दल तन्त्रको सट्टा आम जनताको शासनका जरुरी छ । हामीले दुई वर्ष अघि तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । अहिले त्यसैको जगमा जेन–जीको जनविद्रोह गरेका हुन्।’
प्रकाशित: ४ आश्विन २०८२ १५:५६ शनिबार