नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीति कला र कन्सपिरेसी थ्यौरी मात्र नभइ विज्ञान भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। उनले कोही पनि प्रत्येक क्रियाको बराबर तर विपरीत प्रतिकृयाको नियमभन्दा अलग रहन नसक्ने जिकिर गरे।
'राजनीति केवल कला र कन्सपिरेसी थ्यौरी होइन, यो विज्ञान हो,' उनले लेखेका छन्, 'कोही पनि प्रत्येक क्रियाको बराबर तर विपरीत प्रतिकृयाको नियमभन्दा अलग रहन सक्दैन।'
पछिल्लो समय नेपाली राजनीतिमा देखिएको उतारचढाव र विकसित घटनाक्रमबारे उनले व्यग्य गरेको देखिन्छ।
प्रकाशित: १४ कार्तिक २०८२ ०८:५९ शुक्रबार