राजनीति

शिक्षाको राजनीतीकरणले विगार्यो: पूर्वराष्ट्रपति डा. यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राज्यले शिक्षाको सम्पूर्ण जिम्मा लिएपछि सुरु भएको राजनीतीकरणका कारण मुलुकको समग्र शिक्षा प्रणाली नै ध्वस्त भएको टिप्पणी गरेका छन् ।  

शनिबार पी.पी. प्रसाई फाउण्डेशनद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति डा. यादवले पहिले समुदायले सञ्चालन गरेका शिक्षण संस्थाहरू उत्कृष्ट रहेको स्मरण गर्दै सरकारीकरण र राजनीतिक हस्तक्षेपले सामुदायिक विद्यालयहरूको अवस्था दयनीय बनाएको बताए ।  

उनले भने, ‘पहिले समुदायले नै शिक्षाको जिम्मा लिन्थ्यो । जनकपुरमा रामस्वरूप साह र विराटनगरमा कृष्णप्रसाद कोइरालाहरूले दान दिएर विद्यालय खोले, भारतबाट समेत उत्कृष्ट शिक्षक ल्याए । तर, जब राज्यले जिम्मा लियो— राजनीति गडबड भयो र सारा शिक्षा प्रणाली नै बिग्रियो। आज सामुदायिक विद्यालयमा गणितको शिक्षक भए अंग्रेजीको छैन, अंग्रेजीको भए नेपालीको छैन । यो हालत छ ।’

प्रकाशित: २० भाद्र २०८३ १९:२७ शनिबार