राजनीति

ओलीको एकल प्रस्तावविरुद्ध पोखरेलले आजै राजनीतिक दस्तावेज पेस गर्ने

नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी ओलीले आफ्नो एकल प्रस्ताव मात्र लैजाने अडान लिएका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मतसहित छुट्टै राजनीतिक प्रस्ताव आज दिउँसो ३ बजे पेस गर्ने भएका छन्। 

अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउन लागिएको हो। ओलीले महाधिवेशनमा आफूले मात्र बोल्ने र थप छलफल नहुने बताएका बेला पोखरेलले भने महाधिवेशनमा खुला बहस हुनुपर्ने अडान लिएका छन्। 

उनले भदौ २३ यता उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गर्दै नयाँ कार्यदिशासहित राजनीतिक, सांगठनिक र विधानका प्रस्तावमा नयाँ निष्कर्ष आवश्यक रहेको बताएका छन्।

प्रकाशित: २२ मंसिर २०८२ १४:२३ सोमबार