प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो एमालेसहित सात दलसँग छलफल गर्न लागेकी छन्। उक्त छलफलमा नेकपा (एमाले) बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुनेछन्।
आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न सात राजनीतिक दलसँग आगामी निर्वाचनबारे छलफल गर्न लागेकी हुन्।
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका नेता सहभागी हुनेछन्। अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेको छ।
प्रकाशित: ४ कार्तिक २०८२ ०९:३८ मंगलबार