राजनीति

पिएम कप : गण्डकीविरुद्ध जवाफी व्याटिङ गर्दै कोशी प्रदेश

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा अहिले कोशी प्रदेश र गण्डकी प्रदेश खेलिरहेका छन्। 

विरगन्जमा भइरहेको खेलमा कोशीले जवाफी ब्याटिङ गरिरहेको छ। पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२७ रन बनाएको थियो। 

२२८ रनको लक्ष्यसहित खेलिरहेको कोशीले यो खबर तयार पार्दासम्म ३७ ओभरमा ७ विकेटको क्षतिमा ११७ रन बनाएको छ। अब कोशीले जीतको लागि ७८ बलमा १११ रन बनाउनुपर्नेछ। 

प्रकाशित: २१ चैत्र २०८२ १५:१३ शनिबार