नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रिय प्रचार विभाग प्रमुख दामोदर अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर बोलेपछि आफ्नो धारणा परिवर्तन भएको बताएका छन्।
उनले पहिला प्रधानमन्त्रीले संसद्मा आएर बोल्नु पर्छ भन्ने पक्षमा आफू रहेको भन्दै सोमबार संसद्मा आएर बोलेपछि आफ्नो धारणा परिवर्तन भएको बताएका हुन्।
अर्यालले प्रधानमन्त्री कहिल्यै संसद्मा आएर नबोल्न आग्रह समेत गरेका छन्। उनले प्रधानमन्त्री शाह जति बोल्छन् त्यति नै नेपाली जनताको शिर झुक्ने भनाइ राखे।
'म पहिला प्रधानमन्त्रीले संसद्मा आएर बोल्नु पर्छ भन्ने पक्षमा थिए। हिजो उहाँले संसद्मा आएर बोलेपछि मेरो धारणा परिवर्तन भएको छ,' उनले सामाजिक सञ्जालमा लेख्छन्, 'म अब प्रधानमन्त्रीजीलाई भन्न चाहान्छु, प्लिज प्रधानमन्त्रीज्यु! अब तपाईं कहिल्यै संसद्मा आएर नबोल्नु होला। तपाईं जति बोल्नुहुन्छ, त्यति नेपाली जनताको शिर झुक्छ।'
प्रकाशित: १८ जेष्ठ २०८३ ०९:३२ सोमबार