राजनीति

प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

चालु आर्थिक वर्षमा सम्पादन गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिपरिषद्का सदस्यहरूबीच कार्यसम्पादन सम्झौता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरेका हुन्।

सरकारको प्राथमिकतामा रहेका सुशासन, सामाजिक न्याय र समृद्धिका लक्ष्यहरू हासिल गर्ने उद्देश्यसहित उक्त सम्झौता गरिएको हो।

सोही अवसरमा प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि चालु आर्थिक वर्षको कार्ययोजना र प्रशासनिक प्रभावकारिताका लागि कार्यसम्पादन सम्झौता गरेका छन्।

प्रकाशित: ३ भाद्र २०८३ १७:१० बुधबार