राजनीति

पीडितको आक्रोशको प्रतिक्रियामा गालीगलौज गर्ने मान्छे न मुलुकको, न पार्टीको : सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले पीडित नागरिक आक्रोशित हुनु स्वाभाविक भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत कार्कीले यस्तो बताएका हुन्। उनले हरेक व्यक्तिले आफ्नो पीडा अरूले चाहेको भाषा, व्यवहार र तरिकामा व्यक्त गर्न नसक्ने उल्लेख गर्दै पीडितको आक्रोशलाई बुझ्नुपर्ने बताए।

सांसद कार्कीले भने, ‘पीडित आक्रोशित हुनु प्राकृतिक हो। हरेक मान्छेले आफ्नो पीडा अर्को कसैले चाहेकै भाषा, व्यवहार र तरिकामा नपोख्न सक्छ।’

उनले यस्तो अवस्थामा पीडितको आक्रोशको प्रतिक्रियामा गालीगलौजमा उत्रिने प्रवृत्तिको आलोचना गरेका छन्। उनले पीडितको आक्रोशमा गालीगलौज गर्ने व्यक्तिले मानवीयताको पक्षपोषण नगर्ने बताए।

'यस्तोमा पीडितको आक्रोशको प्रतिक्रियामा गालीगलौजमा उत्रिने मान्छेले न मानवीयताको पक्षपोषण गर्छ, न मुलुकको, न पार्टीको,' उनले भनेका छन्।

प्रकाशित: २० भाद्र २०८३ १०:१३ शनिबार