नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनक ढङ्गले मतदान सम्पन्न भएको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत आज भएको मतदान सकिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै आईजीपी कार्कीले सुरक्षा निकायहरूबीचको आपसी समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको बताए । उनकाअनुसार दोलखाको केही निर्वाचन क्षेत्रमा देखिएको विवाद साम्य पार्न दल र निर्वाचन अधिकृतहरूबीच छलफल भइरहेको छ ।
आईजीपी कार्कीले नवयुवा आन्दोलनपछि प्रहरीको मनोबल केही खस्किएको भए पनि सीमित स्रोत–साधनका बाबजुद पनि देशको सुरक्षामा नेपाली सुरक्षा निकायले समर्पित भावनाका साथ काम गरेको उल्लेख गरे । उनले नेपालको सुरक्षा संयन्त्रले भवन, स्रोत–साधन र कानूनी व्यवस्थाभन्दा पनि कर्तव्यबोध र समर्पणलाई केन्द्रमा राखेर काम गर्दै आएको सुनाए ।
कार्कीले मतपेटिका सङ्कलनदेखि मतगणना कार्य सम्पन्न नहुँदासम्म सबै सुरक्षा निकायका लागि जिम्मेवारी तोकिएको भन्दै योजनाअनुसार अघि बढ्ने बताए ।
प्रकाशित: २१ फाल्गुन २०८२ १९:२४ बिहीबार