प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक ४२ हजार ६०२ मत प्राप्त गरी निर्वाचित भएका छन्।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १५ हजार २८० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेकपा (एमाले) का उम्मेदवार रेवतीरमण शर्माले ६ हजार ८२५ मत तथा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणि चौधरीले चार हजार ९६५ मत प्राप्त गरे।
कुल मतदाता एक लाख ४० हजार एक रहेकामा ८० हजार ९२० मत खसेको थियो।
प्रकाशित: २४ फाल्गुन २०८२ ००:५९ आइतबार